यश कुमारको गीत ‘हिरो’ सार्वजनिक
गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ । साथै गीतको भिडियोमा गायक कुमार पनि अतिथि भुमिका देखिएका छन् ।
‘हिरो’ गीतको भिडियो मार्फत गायक कुमारले आत्माहत्या दुरुत्साहनको मुद्धा उठान गरेका छन् । पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका केशहरु बढि रहेकाले पनि आफुलाई यो मुद्धा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको बताए ।
गीतमा हरि हुँमागाईको छायांकन, बिकास धमलाको सम्पादन रहेको छ । यस्तै, गायक यश कुमारले बिहीबार नै आफ्नो २६ वर्ष पुरानको सुपरहिट गीत हिजो अर्कैसँग देखेको फिमेल भर्सन समेत सार्वजनिक गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
