'जाइरा'को आइटम गीत सार्वजनिक

चलचित्र 'जाइरा'को आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गएिको 'यो मात चढेको साँझ' बोलको गीतमा मिना निरौलाको स्वर रहेको छ । गीतमा तनुजा गुरुङ्गको नृत्य र गोबिन्द राईको कोरियोग्राफी रहेको छ ।
यो सन् १९७४ को चलचित्र 'मनको बाँध'को रिमेक हो । ओरिजिनल गीतमा मिरा राणाको स्वर, किरण खरेलको शब्द र शिव शंकरको संगीत रहेको छ । जाइरामा समावेश रिमेक भर्सनमा फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन् ।
आशुतोष राज श्रेष्ठको निर्देशन रहेको चलचित्रमा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, श्रृजना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगरलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् ।
चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा, बाबु श्रेष्ठको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको छ । चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal