मैले मेरो छोराको भविष्यसँग खेल्न मिल्छ त ? उहाँको छोरी छ, मेरो छोरा छ – शिब श्रेष्ठ, अभिनेता
९ महिना पूर्ण रुपमा बन्द भएका चलचित्र हलहरु पौष १० गतेबाट खुलेका छन् । हल खुले पनि नयाँ चलचित्र रिलिज नहुँदा दर्शकको उपस्थिति भने ज्यादै न्यून मात्र छ । यही बिचमा माघ १ गतेबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदैछ ।
बरिष्ठ अभिनेता शिब श्रेष्ठको प्सतुति रहेको यो चवलचित्रबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कबिता र शिबकै छोरा शक्तिले अभिनयमा डेब्यु गर्दैछन् । शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइराला लगायतको अभिनय रहेको चलचित्रको निर्देशन दिपेस सापकोटाले गरेका हुन् ।
फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सहनिर्माताहरु हुन् ।
टिभी फिल्मीको कार्यक्रम फिल्मी बहसमा बिष्णु सुबेदीले अभिनेता शिब श्रेष्ठसँग गरेको कुराकानीको केही अंश
हल खुले पनि दर्शकको उपस्थिति न्यून छ । एक अर्थमा भन्ने हो भने अहिले चलचित्र प्रदर्शन गर्नु चुनौतिपूर्ण काम हो । तपाईले किन आफ्नो चलचित्रलाई माघ १ गते प्रदर्शन गर्ने निर्णय लिनुभयो ?
मलाई ४० वर्ष सम्म दर्शकहरुले नै शिब श्रेष्ठ बनाउनु भएको छ । मलाई शिब श्रेष्ठका रुपमा जन्म दिने दर्शकहरु नै हो नी । अब हल खुलेपछि दर्शकहरुका लागि हामीहरुले पनि केही गर्नु पर्छ भन्ने लाग्यो । मलाई सबैले मान्छे आउछ त भनेर पनि सोधे । अब यहाँ पैसाको कुरा आएन । मलाई चलचित्र प्रदर्शन गर्नु मेरो कर्तब्य हो भन्ने भयो । त्यसैले हामीले सल्लाह गर्यौं । अनि हल सञ्चालकहरुसँग कुरा गर्यौं । उहाँहरुले पनि अहिले कहाँ चलाउने फिल्म, को आउछ भन्नु भयो । अनि हामी सबैले आ – आफ्नो काम गरौं भने । उहाँहरुले पुरानो फिल्म त दिएको छैन मान्छेहरुले तपाईको त नयाँ फिल्म, पैसाको कुरा पनि हुन्छ भन्नुभयो । अनि मैले पैसाको कुरा आएन, यहाँ कुरा आयो मलाई दर्शकहरुले नै शिब श्रेष्ठ भनेर जन्माउनु भएको हो, हामीले उहाँहरुका लागि गर्ने भन्दा पनि बिश्वास गर्नु भएन । अनि पत्रकार सम्मेलन नै गरेपछि बल्ल बिश्वास गर्नु भएको छ । अहिले दर्शकहरुले पनि हामी आउँछौं दाईको फिल्म हेर्न भनेर भन्नु भएको छ ।
यहाँले बनाएको चलचित्र भएका कारण दर्शकको एक्सपेक्टेसन हाई हुन्छ । चलचित्र कस्तो बनेको छ ?
मान्छेले के भन्छ भने चलचित्र एकदमै राम्रो छ । मेरो जस्तो कसैले बनाउन सक्दैन । त्यो म कहिल्यै भन्दिन, र भनेको पनि छैन । ४० वर्ष देखि सबै दर्शकका लागि छोडेको छु । उहाँहरुले भन्नु हुन्छ नी राम्रो नराम्रो भन्ने कुरा । हाम्रो अधिकार कहाँ छ र, दर्शकको अधिकार हामीले लिन मिल्दैन । हामीले काम गर्दै जाने हो । आज दर्शकले गर्दा खेरी यहाँ सम्म छौं । भनेपछि उहाँहरुले नै मुल्याङ्कन गर्नुहुन्छ ।
यहाँको छोरा शक्ति र नायिका करिश्मा मानन्धरको छोरी कबिताले यसै चलचित्रबाट डेब्यु गर्दैछन् । यसअर्थ चलचित्रमा केही खास छ भनेर अपेक्षा गर्न सकिन्छ ?
मैले अरुको छोरा आयो भनेर मेरो छोरा ल्याएको होइन । करिश्मा जीको छोरीको कुरा पनि त्यही हो । तर यसपटक कथा नै उनीहरुलाई फिट हुने देखेर ल्याइएको हो । शक्तिले सानोमा चलचित्र टाइगरमा शिर्ष भूमिकामा काम गरेको थियो । मैले चाहेको भए पहिले नै ल्याउन पनि सक्थे । उसले पहिले देखि इच्छा देखाएको पनि थियो । तर मैले धैर्य गर, सिक, हलमा आउदा खेरी तिमीलाई शिब श्रेष्ठको छोरा भनेर हेर्न आउछ त्यो बेला तिमी केही छैनौं भने के गछौं भने, यो कुराले उ खुसी पनि भयो । अब करिश्मा जीको कुरा गर्दा उहाँ त हाम्रो नेपालको मुटु हो । उहाँलाई डिम गर्लको टाइटल पनि दिएका छौं । मैले पनि उहाँसँग धेरै चलचित्रमा काम गर्ने मौका पाए । अनि केहीले करिश्माको छोरीलाई किन लिएको पनि भने । अब कहानीले मागे पछि त कसले भनेर के हुन्छ र । भोलि त्यो पस्कने त दर्शककोमा हो नी । मान्छेले हेर्ने भनेको एक्टिङ हो । मैले के देखे भने करिश्मा जी जस्तै उहाँ पनि एक्टिङ असाध्यै गर्ने रहीछ । जे बोल्छ उहाँको आखा बोल्छ ।
यहाँको चलचित्र कम्प्लीट भएको छैन, जति छायाँकन भएको थियो त्यसैलाई मिलाएर देखाउन लागियो भन्ने चर्चा पनि छ नी ?
यो यति मात्र होइन । यो फिल्म नै बन्दैन, डब्बामा गइसक्यो पनि भनेका छन् । त्यो भन्न पाइन्छ । त्यही भएर माघ १ गते हेर्न आउनुस् भनेका छौं ।
चलचित्र कम्प्लीट नै हो नी ?
कम्प्लीट नभई त कसरी प्रदर्शन हुन्छ त । हाँस्दै...
३ वर्ष सम्म चलचित्र रिलिज नहुँदा छोरीको भविष्य अन्यौल बनाइदिएको भनेर तपाईसँग करिशमा जी रिसाउनु भएको छ भन्ने कुरा के हो ?
खै मसँग त रिसाएको आजसम्म थाहा छैन । बरु उहाँले शिब दाई मैले मेरो छोरी तपाईको हातमा सुम्पेको छु है भन्नु भएको हो । त्यो बिश्वास म दिलाउछु । हामीले त्यो काम गरेका छौं । किनकी म पनि एउटा कलाकार हो । यो चलचित्रमा मेरो छोरा पनि त छ नी । मैले मेरो छोराको भविष्यसँग खेल्न मिल्छ त ? उहाँको छोरी छ, मेरो छोरा छ ।
अभिनेता शिब श्रेष्ठसँग गरिएको अन्र्तवार्ताको पुरा भाग भिडियोमा
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
