'सोल्टिनी'मा प्रकाश र परिक्षा पछि विल्सनको प्रवेश

चलचित्र ‘सोल्टिनी'मा तक्मे बुढाको नामले परिचित कलाकार विल्सन विक्रम राई अनुबन्धित भएका छन् । राईको भूमिकाबारे भने केही खुलाइएको छैन ।
चलचित्रमा यसअघि प्रकाश सपूत र परीक्षा लिम्बुले मुख्य भूमिका निभाउने घोषणा भइसकेको थियो । चलचित्र भोजपुरको कुनै गाउँमा आधारित रहनेछ । चलचित्रका निर्देशक अर्जुन सुवेदीका अनुसार यसमा समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा तथा दुई प्रमुख पात्रको अपुरो प्रेमको कथा रहनेछ ।
चलचित्रमा प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सब्बु गुरुङ लगायतका अनुभवी कलाकारहरूको पनि अभिनय रहनेछ । प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले चलचित्रका लागि सङ्गीत दिनेछन् भने डिओपीको जिम्मेवारी सुशन प्रजापतिले लिएका छन् ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने सह निर्माताहरू वसन्त कटुवाल र सुजन अधिकारी हुन् ।
२०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको चलचित्रको छायाङ्कन पुस १५ बाट सुरु हुनेछ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal