वेव सिरिज सन्ध्या निर्माणको घोषणा
आइतबार भद्रकाली मन्दिरमा शुभमुहुर्त गर्दै वेव सिरिज सन्ध्या निर्माण घोषणा गरिएको छ । यो सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायांकन थालिने छ । आइतबार गरिएको मुहुर्तमा निर्देशक शोभित बस्नेत कलाकार निर शाह, हिउँवाला गौतमको उपस्थिति रहेको थियो ।
रामजी राउतको निर्देशन रहने सिनेमामा निर, शोभित र दयाराम दाहल हिउँवालाका अलवा गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ ।
वेब सिरिज सन्ध्यालाई सुदिप कँडेल र कृष्ण कार्कीले मिलेर निर्माण गर्दैछन् । जया ओझाको लेखन र राहुल राईले छायांकन गर्ने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापा प्रोडक्सन डिजाइनर, जयराम चलिसे मुख्य सहायक निर्देशक र नविन निरौलाको सम्पादन रहनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
