वेब सिरिज ‘लभ यू’ बन्ने

लेन्सनेपाल २०७६ मंसिर १६
वेब सिरिज ‘लभ यू’ बन्ने

वेब सिरिज ‘लभ यू’ बन्ने भएको छ । युवापस्तालाई लक्षित गरेर प्रेम कथामा निर्माण गर्ने भनिएको सिरिजलाई मनोज विस्टले निर्देशन गर्नेभएका छन् । मनोज म्युजिक भिडियोका निर्देशक समेत हुन् ।

सिरिजमा दिव्य दाहाल, रविन विष्ट, सरिता थापा, सुमन घिमिरे, दीपिका दाहाल, प्रवेश दाहाललगायतका कलाकारहरुको अभिनय रहनेछ । दिव्य र सरिता जोडीका रुपमा देखिनेछन् । दिव्यले यसअघि केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । सिरिजको कथा मन्दिप गौतमले लेखेका हुन् । मन्दिपले ‘प्रेमगीत ३’ लगायत केही चलचित्र समेत लेखेका छन् ।