कलाकार विजय लामा निगम प्रवक्तामा नियुक्त
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन विजय लामा निगमको प्रवक्तामा नियुक्त भएका छन् । निगमले मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
लामा कलाकार समेत हुन । लेन्स नेपाल डटकमको रेकर्ड अनुसार लामाले १७ नेपाली चलचित्रका साथै नेपालमा छायाँकन गरिएको हलिउड चलचित्र‘एभरेष्ट’ मा पनि अभिनय गरेका छन् ।
बुधबारबाट उनले पाइलटसँगै प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका छन् । पछिल्लो समय उनी निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका जहाज उडाइरहेका छन् । झण्डै तीन दशकदेखि उनी निगममा पाइलटको रुपमा कार्यरत छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

