Mansara

‘छन्दे’ को ‘शहर’ सार्वजनिक

२०७८ पौष ५
‘छन्दे’ को  ‘शहर’ सार्वजनिक

हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ को निर्देशक रहेको म्युजिक भिडियो ‘शहर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण भट्टराईको स्वर, बाबुराम राईको शब्द र एसडी योगीको संगीत रहेको छ ।

भिडियोमा शीतल केसी, संजित भण्डारी, गोपाल ढकाल, रिया श्रेष्ठ, रामेश्वर बुर्लाकोटी, प्रेम पाण्डे, प्रमिला राई, लक्ष्मीनाथ मौडगल्या, मदन दवाडी, केशवराज अर्याल, रुपेश पुडासैनी, कृष्णप्रसाद वस्ती, राजु रेग्मीको अभिनय देख्न सकिन्छ । 

वर्ल्ड वाईड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीतको भिडियोमा हर्कमान वाईवाको छायाङ्कन र तारा थापाको सम्पादन रहेको छ । 

Mahajatra