मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिष्पर्धामा नायिका उषा रजक
नायिका उषा रजकले मिसेस नेपाल वल्र्डमा सहभागीता जनाएकी छिन । विवाहित महिलाहरूका लागि आयोजना हुँदै आएको यो प्रतियोगीतामा रजक अन्तिम प्रतिपर्धाका लागि टप २४ भित्र समेत परेकी छिन । अब उनी बौद्धिक सुन्दरता प्रस्तुत गर्दै यही पौष २७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा हुने अन्तिम प्रतिष्पर्धामा अन्य २३ प्रतियोगीसँग ताजका लागि भिड्ने छिन ।
प्रतिष्पर्धामा बिभिन्न पेशा व्यवसायमा आवद्ध विवाहित महिलाहरुको सहभागीता रहेको आयोजक संस्था रिवन इन्टरटेनमेण्टका अध्यक्ष निशु कान्त झाले बताएका छन् । करिब १ महिना लामो प्रशिक्षणपश्चात सम्पन्न हुने प्रतियोगितामा उषा सँगै रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बाँनिया, जयन्ती राई, बिनिता कूइँकेल, सुमिता लामा , राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ्ग तामाङ्ग, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दिक्षा केसी, पार्वती गिरी, सृजना सुबेदी, निरन्जना भेटवाल, समिक्षा कार्की र माला सुनार अन्तिम प्रतिष्पर्धामा रहेका छन् ।
मिसेस वल्र्डको आधिकारिक फ्रेन्चाईजी प्राप्त गरेसँगै मिसेस नेपाल वल्र्ड विवाहित महिलाहरुको सबैभन्दा ठुलो प्रतियोगिता बनेको छ । चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाईले मुख्य प्रायोजन गरेको प्रतियोगीतमा मिसेस नेपाल वल्र्डसँगै मिसेस नेपाल इंटरनेसनल र एमएस इंटरनेसनल उपाधि विजेता पनि चयन गरिनेछ ।
मिसेस नेपाल वल्र्डको विजेताले आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । यस्तै मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् । प्रतियोगितामा अस्विनी झाको कोरियोग्राफी रहनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
