‘आचार्य’ पछि ‘आ बाट आमा’मा उषा
एउटा चलचित्रको छायाँकन शुरु नहुँदै टिकटकर तथा मोडल उषा उप्रेती अर्को चलचित्रमा जोडिएकी छिन । केही महिना अघि चलचित्र ‘आचार्य’मा अनुबन्धित भएकी उनले अर्को चलचित्र ‘आ बाट आमा’मा पनि सम्झौता गरेकी छन् ।
अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको चलचित्र ‘आचार्य’को अहिले सम्म छायाँकन शुरु भएको छैन । निखिलले विग क्यानभाषमा चलचित्र बनाउन लागेका कारण चलचित्रको छायाँकन कहिले शुरु हुनु र कहिले सकिन्छ यसै भन्न सकिने अवस्था छैन । यद्यपी निर्माण टिमले भाद्र पहिलो साताबाट छायाँकन शुरु गर्ने जनाएको छ । एक सय हाराहारीको संख्यामा म्युजिक भिडियोमा अभिनय गरेकी उषाको चलचित्रमा प्रस्तुति कस्तो रहन्छ त्यो हेर्न बाँकी नै छ ।
यही विचमा ‘आ बाट आमा’को निर्माण टिमले पनि उनलाई चलचित्रमा अनुबन्धित गराएको हो । द्वन्द्व निर्देशकको रुपमा स्थापित चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन भाद्र अन्तिम साताबाट सुरु गरिने जनाइएको छ । ‘आचार्य’को छायाँकन भाद्र पहिलो साता अनि ‘आ बाट आमा’को छायाँकन अन्तिम साता बाट भयो भने उषालाई समय ब्यवस्थापन गर्न पनि धौ–धौ हुन सक्छ ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण ‘आ बाट आमा’ आगामी फागुन १५ गते प्रदर्शन गर्ने जनाइएको छ । आमा र छोराको भावनात्मक सम्बन्धको कथा भन्ने चलचित्रमा विपना थापा, पल शाह, सिमरन पन्त, दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
