मिलनको ‘सुम्निमा’मा उपासना अनुबन्धित, नायकको खोजी

मिलन चाम्सको निर्देशनमा बन्ने आगामी चलचित्र ‘सुम्निमा’मा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। । प्रेमकथामा आधारित हुने चलचित्र नेपाली र अंग्रेजी भाषामा निर्माण हुनेछ । ‘सुम्निमा’ मा उपासना अनुन्बन्ध संगै उनको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको छ । २० देखि २६ वर्षको युकेमा रहेको व्यक्तिले अडिसनमा भाग लिन पाउने पनि बताईएको छ।
निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै चलचित्र बन्ने बताए । ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै चलचित्र बन्नेछ’ चाम्सले भने ।
चलचित्रको छायाँकन नेपाल र बेलायतमा जुलाईदेखि हुनेछ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने चलचित्र निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ । चलचित्रमा राजीव थापाको कथा र पटकथा रहनेछ । चाम्सको निर्देशनमा बनेको बायोपिक चलचित्र ‘अञ्जिला’ले सफल प्रदर्शनको ५१ औं दिन पार गरिसकेको छ । ‘अञ्जिला’ले प्राप्त गरेको सफलता संगै चाम्सलाई आगामी प्रोजेक्ट उत्कृस्ट बनाउनु पर्ने चुनौती छ । कथा राम्रो भएको र टिम राम्रो हुने हुँदा ‘सुम्निमा’ उत्कृष्ट चलचित्र बन्नेमा चाम्स ढुक्क देखिएका छन् ।
Latest Updates
-
-
-
-
विजय अभिनित ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक, कोरिया सपनाको कथा
-
‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak