राष्ट्रकविको उनको प्रिती प्रविन र रचनाको स्वरमा

‘उनको प्रिती’ बोलको गीत पुनः रेकर्डिङ गरी सार्वजनिक गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले २०२४ सालमा रचना गरेको गीतको पहिलो रेकर्डिङ २०६० सालमा भएको थियो ।
नारायण रायमाझीको एल्वम ‘प्रिती’मा समावेश उक्त गीत सोही समय दुई वटा भर्सनमा तयार गरिएको थियो । रायमाझीकै संगीत रहेको युगल गीतमा जगदिश समाल र सपनाश्रीको स्वर रहेको थियो भने एकल गीतमा जगदिश समालको स्वर थियो । उक्त समय दुई गीतको संगीत फरक फरक शैलीमा तयार थियो ।
राष्ट्रकविको स्वर्गवास भएको २७ दिनपछि उनकै सम्झनामा संगीतकार रायमाझीले सोही युगल गीतलाई केहि फरक शैलीमा पुनः रेकर्ड गरि सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा नेपाल आइडलबाट उदाएका नवगायक प्रविन वेडवाल र रचना रिमालको स्वर छ । रिमा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितको छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका छन् भने संगीत संयोजन र मिक्सिङ बीबी अनुरागी र श्याम श्वेत रसाईलीले गरेका छन् ।
गीतमा वाद्यवादनतर्फ उदिराम खड्का, बिर्मा खड्का, बिन्दु खड्का, मनोज खड्का, राकेश सोनी र बाँसुरीमा रत्न बिकले साथ दिएका छन् ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi