‘तुलसीराम’ बनाउँदै बाबु बलामी
बुद्ध जयन्तीको अवसर पारेर चलचित्र ‘तुलसीराम’ निर्माणको घोषणा गरिएको छ । जेष्ठको अन्तिम साता बाट छायाङ्कनमा जाने जनाइएको चलचित्रलाई बाबु शाहेब बलामीले निर्देशन गर्नेछन् । चलचित्रको छायांकन काठमाण्डौ, चित्लाङ्ग र हेटौडाको बिभिन्न ठाउँमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
एल आरआरको ब्यानरबाट निर्माण हुने चलचित्रको निर्माता राजेन्द्र गौतम र कार्यकारी निर्माता द्वन्द निर्देशक देव महर्जन रहेका छन् । निर्देशक बलामीकै कथा रहने चलचित्रमा शंकर अधिकारी घायलको पटकथा तथा सम्बाद, महर्जनको द्वन्द निर्देशन र बिकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहने छ ।
पारिवारिक कथामा निर्माण हुने जनाइएको चलचित्रका कलाकार भने सार्वजनिक गरिएको छैन । चल्तिकै कलाकार रहने बताइए पनि केही समयमा कलाकारहरु सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
