चलचित्र ‘छिरिङ्ग’को ‘ए कान्छा’ गीत रिलिज

नेपाली गीतसंगीतको कुरा गर्दा बिर्सनै नसकिने मध्येको एक गीत हो अम्बर गुरुङको ए कान्छा... । गुरुङको संगीतमा अरुणा लामा र रुद्र गुरुङको स्वर रहेको यो गीतलाई पासाङ बङ्बालले लेखेका थिए ।
अहिले यही गीतलाई रिमेक गरेर चलचित्र छिरिङ्गमा समावेश गरिएको छ । रिमेक गरिएको गीतमा संगीतकार यश कुमारले ओरिजिनल मेलोडीलाई मर्न दिएका छैनन् । केही शव्दहरु परिवर्तन लगरिएको छ अनि यश कुमार र सुनिता थेगिमको स्वर रहेको छ ।
शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र छिरिङ्गमा समावेश यो गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । गीतमा यशकुमार र कामना भुजेल फिचर्ड छन् । रिमेक गरिएकोले छिरिङ्गको गीतमा अम्बर गुरुङ र यश कुमारको संगीत तथा पासाङ बङ्बाल र यश कुमारको शब्द छ । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा गायक टर्न नायक निमा रुम्वा र यश कुमारका साथै यसै चलचित्रबाट डेव्यु गरेकी कामना भुजेलको मुख्य भुमिका रहेको छ ।
बहुपति प्रथामा आधारित चलचित्रमा एक युवतीका दुई श्रीमान विचको द्वन्द्व हावी छ । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र याम थापाले संयुक्त रुपमा लेखेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । चलचित्रलार्इ यश कुमारले निर्देशन गरेका हुन ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal