‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टिफिकेट

२०७९ पौष २५
‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टिफिकेट

आगामी शुक्रबार अर्थात् पौष २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’ सेन्सर पास भएको छ । सोमबार सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अब जुनसुकै वर्गका दर्शकले पनि सहजै चलचित्र हेर्न पाउने छन् ।

रमेश एमके पौडेलको डेव्यु निर्देशकिय चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, इमिली लामा, सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ ।

चलचित्रको सह–निर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।