कलाकार हेरेर लेखिएको कथामा ‘तिम्रो मेरो साथ’

चलचित्र ‘तिम्रो मेरो साथ’ आउने शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । रमेश एम.के. पौडेलले निर्देशन गरेको यो चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का, सन्दिप क्षेत्री लगायतका कलाकाको मुख्य भूमिका रहेको छ ।
निर्देशक पौडेलले चलचित्रको कथा नै मुख्य कलाकारलाई हेरेरै लेखेको बताउँछन् । कलाकार सुहाँउदो कथा भएको र उनीहरुले पनि उत्कृष्ट काम गरेकोले दर्शकको मन जित्नेमा उनी विश्वस्त छन् । हुन् त चलचित्र प्रेम कथाको हो यद्यपी चलचित्रमा थुप्रै सस्पेन्स प्लटहरु रहेको उनी बताउँछन् । जसले गर्दा दर्शकलाई चलचित्र हेर्दा थप मनोरञ्जन मिल्ने उनको विश्वास छ ।
साम्रात्री र पुष्पको जोडी चलचित्र ‘मारुनी’ पछि दोहोरिएको छ । उनीहरूले एक अर्कासँग काम गर्दा सहज भएको भन्दै चलचित्रमा मिलेको केमेष्ट्री देखिने बताउँछन् । अभिनेत्री साम्राज्ञीले सामाजिक कथाबस्तुसँगै मनोरञ्जन खोज्ने दर्शककालागि यो चलचित्र उत्कृष्ट खुराक हुने बताएकी छन् । पुष्पले दर्शकले खोज्ने र रोज्ने जस्तै चलचित्र बनेको बताउँछन् । चलचित्रलाई लिएर साम्रात्री र पुष्पको विश्वास हेर्दा चलचित्र बलियो छ भन्ने अनुमान लगाउन सकिन्छ । साम्राज्ञीले त आफ्नो हरेक चलचित्र रिलिजको समयमा फरक छ भन्ने दाबी गरे पनि ‘तिम्रो मेरो साथ’ कथा र आफ्नो क्यारेक्टरका हिसाबले साँच्चै फरक रहेको बताउँछिन । पुष्प भने हरेकको जिन्दगीमा आउने उतारचढावको कथा नै ‘तिम्रो मेरो साथ’को स्टोरी भएको बताउँछन् । अर्का कलाकार सन्दिप क्षेत्री पनि दर्शकहरुको मन जित्नेमा विश्वस्त छन् ।
चलचित्रमा सबिर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको छ । चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi