साम्राज्ञी, पुष्प र सन्दिपको ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा

२०७९ पौष २९
साम्राज्ञी, पुष्प र सन्दिपको ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्र्तगत आजबाट चलचित्र ‘तिम्रो मेरो साथ’ प्रदर्शनमा आएको छ । रमेश एमके पौडेलको निर्देशन रहेको चलचित्र लभस्टोरी जनराको हो । 

प्रचारमा आक्रामक देखिएको चलचित्र साम्राज्ञी आर.एल. शाह, पुष्प खड्का, सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

चितवनमा गरिएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रले दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ । चलचित्रले मल्टिप्लेक्स र सिङल थियटरहरुमा उल्लेख्य शो प्राप्त गरेको छ ।

सबिर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको चलचित्रले रिलिज अगाडी प्रचारमा कुनै कसर बाँकी राखेको छैन । केहि दिन अगाडी मात्रै नेपाल टुर सकाएको टिम आफ्नो राम्रो मिहेनतलाई दर्शकको साथ मिल्नेमा आशावादी छ ।

शिव ढकालले छायांकन गरेको चलचित्रमा सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

निर्देशक पौडेल कै निर्माण रहेको चलचित्रमा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण छ ।

यस्तै आज बाटै चलचित्र ‘गुञ्जन’ पनि प्रदर्शनमा आएको छ । अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा सिर्पाली, कबिर खड्का, सरोज खनाल, हिउँवाला गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।