Mansara

‘तिम्रो मेरो साथ’को गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज

२०७९ मंसिर २२
‘तिम्रो मेरो साथ’को गीतमा साम्राज्ञीको ग्ल्यामर अन्दाज

चलचित्र ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जोश छ जवानी’को बोलको गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ग्ल्यामर अन्दाज देख्न सकिन्छ । साम्राज्ञीको पार्टी मुडमा कलाकार पुष्प र सन्दीप क्षेत्रीले साथ दिएका छन् । 

योगेश काजीको संगीत, रमेश एमके पौडेलको शब्द र योगेश काजी र सारिका घिमिरेको स्वर रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

रमेश एमके पौडेलको निर्माण र निर्देशन रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र सन्दीपसंगै सिनेमामा इमिली लामा, सरोज खनाल, खड्का बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।

सबिर श्रेष्ठको कार्यकारी निर्माण तथा लेखन रहेको चलचित्रमा शिव ढकालको छायाँकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

पुष २९ मा रिलिज हुने चलचित्रमा पासाङ लामा, अर्नव पौडेल, आर्यन पौडेलको निर्माण र नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल, सुधिर पराजुलीको सहनिर्माण छ ।