Mansara

कार्तिक ३ गते बाट ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २

२०७७ असोज २९
कार्तिक ३ गते बाट ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २

वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ सिजन २ को ट्रेलर सार्वजनिक गरिएको छ । सिरिजको ट्रेलरमा हासो रोदन प्रेम र बिछोड देख्न सकिन्छ । यहि कार्तिक ३ गते बाट सार्वजनिक हुन लागेको सिरिज १६ एपिसोडको हुनेछ ।

सुजन मानन्धरले निर्देशन गरेको उक्त सिरिजका पहिलो सिजन सफल भएको थियो । निर्देशक मानन्धरले पहिलो सिजनमा सिरिजका कलाकारहरुले कमेडी ड्रामा लिएर दर्शकहरुलाई हँसाएका पनि दोश्रो सिजनमा भने समसामयी विषयलाई समेटेर सामाजिक कथावस्तु प्रस्तुत गरिने जनाए । ह्याप्पी रेकर्ड्सले निर्माण गरेको सिरिजको सम्पूर्ण छायांकन काठमाडौँ उपत्यकामा नै गरिएको हो । सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतान आदि रहेका छन ।

सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजमा निस बज्राचार्यको छायाँकन, शृति श्रेष्ठको श्रृगार, कर्ण श्रेष्ठको गीत र अलमोडा राना उप्रेतीको संगीत रहेको छ ।  सिरिजको सम्पादन भने निदेशक स्वयम्ले गरेका हुन्।