सिडी बिजयको स्वरमा ‘तिमीसँग छुट्टिएर’ 

लेन्सनेपाल २०७८ माघ १
सिडी बिजयको स्वरमा ‘तिमीसँग छुट्टिएर’ 

‘तिमीसँग छुट्टिएर’ बोलको गीत सार्वजनिक गरिएको छ । सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको गीतमा सिडी विजय अधिकारीको स्वर, कल्पना पाठकको शब्द र सिडीकै संगीत रहेको छ ।

गीतको भिडियोलाई सुमन दाहालले निर्देशन गरेका हुन् । अमेरिका बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले अमेरिकाको लेक्सिन्टन क्षेत्रमा छायाँकन गरेर त्यहीबाट भिडियो रिलिज गरेका छन् । भिडियोमा राजु अधिकारी र निश्मा चापागाईंको मुख्य भूमिका छ । भिडियोमा अक्कि शर्माको छायाँकन तथा सम्पादन रहेको छ ।