‘भ्वाइस अफ नेपाल सिजन २’को उपाधी राम लिम्बुलाई

‘दि भ्वाइस अफ नेपाल सिजन २’को उपाधी राम लिम्बुले जितेका छन् । शनिबार साँझ होलट हायातमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै रामले उपाधी हात पारेका हुन् ।
दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता भएको कार्यक्रममा आयोजकले घोषणा गरेको थियो । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।
विजेता बनेसँगै लिम्बुले कार, १२ लाख पुरस्कार, म्यूजिक नेपालबाट एल्बम निकाल्ने अवसर लगायत विभिन्न पुरस्कार हात पारेका छन् । लिम्बु कोच प्रमोद खरेललको टिममा रहेका थिए । व्लाइण्ड अडिसनमा कोच दिपलाई छनौट गरेका रामलाई व्याटलमा प्रमोदले स्टील गरेका थिए । दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत कोच रहेको कार्यक्रम हिमालय टिभीबाट प्रसारण भएको थियो ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal