‘दि कर्मा’को टिजर सार्वजनिक

लेन्सनेपाल २०७६ मंसिर २०
‘दि कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक गरिएको छ । देव कुमार श्रेष्ठ निर्देशित चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई आफ्नो विषय बनाएको जनाइएको छ । 

माघ १७ गते बाट प्रदर्शन हुने भनिएको चलचित्रमा करण वर्मा, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित, नीता ढुंगानालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जय राज रायले निर्माण गरेको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र निर्माता रायकै कथा रहेको छ । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको चलचित्रको छायाँकन नेपालको तराई क्षेत्रमा भएको हो ।