भदौ ६ मा चलचित्र ‘द डार्क एण्ड लाइट’
चलचित्र ‘द डार्क एण्ड लाइट’को छायांकन सम्पन्न भएको छ । चलचित्रको छायांकन सम्पन्न भए लगत्तै यसको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । चलचित्रकी निर्मात्री तथा कलाकार सरस्वती भुजेलका अनुसार चलचित्र यही भदैं ६ गते देखि प्रदर्शन हुनेछ ।
खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलले संयुत्तः रुपमा निर्देशन गरेका छन् । चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता पिटर खालिङका अनुसार चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्वप्रधान छ । चलचित्रमा पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राई आदी कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् ।
चलचित्रमा कुमार महर्जनको द्वन्द्व, शिव ढकाल तथा सविन भट्टराईले छायांकन, कमल राईको कोरियोग्राफी, राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत, डेविड शंकर तथा सरस्वती भुजेलको स्वर र पिटर खालिङको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रलाई सरस्वती भुजेल तथा पिटर खालिङ निर्माण गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
