चलचित्र ‘दि ब्रेकअप’को ट्रेलर सार्वजनिक

चलचित्र ‘दि ब्रेकअप’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र शिल्पा मास्केको पात्र बिचको प्रेम र ब्रेकअपलाई देखाइएको छ ।
कार्यक्रमा बोल्दै निर्देशक हेमराज विसीले प्रेम जीवनमा आउने उचारचढावको कथालाई चलचित्रमा प्रस्तुत गरिएको जनाएका छन् । चलचित्रको ६० प्रतिशत छायाँकन अष्ट्रेलिया र ४० प्रतिशत पोखरामा गरिएको थियो । यस्तै आशिरमानले यसअघिको चलचित्र 'ग्याङस्टार ब्लूज' पछि दर्शकले दिएको फिडव्याककै आधारमा लभ स्टोरी चलचित्रमा काम गरेको बताएका छन् । यो उनको दोस्रो चलचित्र हो ।
चलचित्रमा आशिरमान र शिल्पाका अलवा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रमा निर्देशक हेमराजसँगै रुपक थापा, दिपक खतिवडा, रेनु राणाको लगानी रहेको छ । यस्तै बिषेश पाण्डे र बिराज गौतमको संगीत, नरेन्द्र मैनालीको छायाँकन, हेमराज बिसीको कथा तथा पटकथा, कबिराज गहतराजको कोरियोग्राफी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । चलचित्र फागुन १७ प्रदर्शन हुँदैछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal