Mahajatra

चलचित्र ‘दि ब्रेकअप’को ‘हरपल...’ बोलको गीत सार्वजनिक

२०७५ मंसिर १६
चलचित्र ‘दि ब्रेकअप’को ‘हरपल...’ बोलको गीत सार्वजनिक

चलचित्र ‘दि ब्रेकअप’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचर्ड गरिएको छ ।

चलचित्रमा समावेश ‘हरपल...’ बोलको गीतमा प्रकाश मल्लको शब्द, बिराज गौतमको संगीत तथा स्वर रहेको छ । सार्वजनिक गीतमा एक प्रेम जोडीको रोमान्सलाई प्रस्तुत गरिएको छ ।

हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा आशिरमान र शिल्पाका अलवा रेमनदास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रमा निर्देशक हेमराजसँगै रुपक थापा, दिपक खतिवडा, रेनु राणाको लगानी रहेको छ । यस्तै बिषेश पाण्डे र बिराज गौतमको संगीत, नरेन्द्र मैनालीको छायाँकन, हेमराज बिसीको कथा तथा पटकथा, कबिराज गहतराजको कोरियोग्राफी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।