‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
चलचित्र ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन् ।
यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् ।
अनिल बुढा मगरको निर्देशनमा रहने चलचित्रमा जनक घर्ती मगरको लगानीमा रहने छ । जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको छायाँकन २०८२ मा गरिने जनाइएको छ । चलचित्रमा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को–को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन् ।
आगामी वर्षको चैत २७ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा भइसकेको छ । महेश राईको लेखन रहेको चलचित्रका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
