एलिस र प्रतापलाई लिएर प्रदिपले खडा गरे आफ्नै टिम !

प्रदिप खड्का पछिल्लो समयका चल्तिका नायक । अहिले प्रदिपको नामले मात्र पनि चलचित्रको इनिसियल व्यापारमा निकै ठुलो भुमिका खेल्छ । उनलाई दर्शकहरुले पनि विश्वास गरिरहेका छन् ।
प्रदिप दर्शकको विश्वास नतोड्ने बताउँन पछि पर्दैनन् त कहिले काँही भने रिक्स लिनु पर्छ पनि भन्छन् । यिनै अभिनेताले आन्तरिक रुपमा आफ्नो एउटा टिम नै खडा गरेका छन् ।
प्रेमगीतबाट चर्चामा आएका प्रदिपले प्रेमगीत २ पछि लगातार रुपमा संगीतकार एलिस कार्की र गायक प्रताप दासको साथ छोडेका छैनन ।
एलिस कार्की पाश्र्वसंगीतमा स्थापित नाम हो तर संगीतकारको रुपमा भने प्रेमगीत २ बाट चर्चामा आए । प्रेमगीत २ को मोटरसाइकलमा बोलको गीत चल्यो । त्यसपछि उनले लिलिबिलि र रोजमा एक–एक गीतमा संगीत दिए । एलिसका सबै गीतमा प्रदिप फिचर्ड थिए । गीतहरु पनि रुचाइए । अनि एलिसले संगीत दिएका ३ वटै चलचित्रका गीतलाई प्रताप दासले गाएका थिए । प्रतापले यसअघि पनि केही चलचित्रका गीतहरु नगाएका होइनन् । तर, नेपाल आइडल पछि उनी चर्चामा आए । यसअर्थ उनको नामले पनि पछिल्लो समय लिलिबिलि र रोजको गीतलाई कहिँ कतै फाइदै भएको छ । त्यसो त प्रतापले केही समय एलिसँगै रहेर पाश्र्वसंगीतमा काम समेत गरेका थिए ।
अब यो टिम लभ स्टेशन नामक चलचित्रमा पनि दोहोरिदै छ । प्रदिप समेत निर्माता रहेको यो चलचित्रमा पनि एलिसको संगीत र प्रतापको स्वर रहने छ । केही दिन अघि लभ स्टेशनको जानकारी दिन बोलाइएको एक कार्यक्रममा हामीले प्रदिपसँग एलिस र प्रतापलाई सँगै लिएर हिड्नुको कारण जान्न खोज्यौं । उनले आफ्नो सिग्नेचर मुस्कानका साथ प्रतापको स्वर आफुमा म्याच भएको बताए । अनि एलिसको बारेमा कुरा गर्दा उनको कामको तारिफ गरे । प्रदिपले भने – ‘मैले जबरजस्ति उसैको संगीत हुनुपर्छ भनेको छैन अहिले सम्म । एउटा मेहनती संगीतकारको गीत मेरो चलचित्रमा राख्दा उसलाई पनि फाइदा हुन्छ । गीत राम्रो बनेको छ अनि टिमलाई चित्त बुझ्यो भने मात्र समावेश गर्ने हो ।’
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal