Mansara

चलचित्र ‘तलाश’को छायांकन शुरु

२०७७ असोज १५
चलचित्र ‘तलाश’को छायांकन शुरु

चलचित्र ‘तलाश’को छायांकन नेपालको पूर्वी भागबाट शुरु भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको चलचित्रलाई दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त रुपमा निर्देशन गरिरहेका छन् ।

चलचित्रमा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिवाङ, बबिता फोम्बो, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, रिना केसी र मिङ्मा शेर्पाको अभिनय रहनेछ ।

रोशन बान्तवाको संगीत, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य तथा नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनको गीत रहेको चलचित्रका लेखक निर्देशक दिनेश हुन् । उनलेले समाजको कुरीति र नारी हिंसाविरुद्धको आवाजलाई चलचित्रमा प्रस्तुत गर्ने बताए ।

Mahajatra