गीता अधिकारीको गीत ‘श्वास फेरी’ सार्वजनिक
सञ्चारकर्मी गीता अधिकारीको गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको छ ।
गीता अधिकारीको सभापतित्वमा भएको कार्यक्रम बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी रहेको छ । भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ । यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिमिल्सिनाको सम्पादन र सरिता पुरीको शृंगार छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
