Kumari Bank

युरोप, जापान र दक्षिण कोरियामा ‘सुश्री सम्पति’

लेन्सनेपाल २०७५ मंसिर २४
युरोप, जापान र दक्षिण कोरियामा ‘सुश्री सम्पति’

चलचित्र ‘सुश्री सम्पति’ जापान, दक्षिण कोरिया र युरोपमा प्रदर्शन हुने पक्का भएको छ । नेपालमा मङ्सिर २८ बाट प्रदर्शनमा आउने चलचित्र त्यसको केही दिनमा युरोपका बिभिन्न शहर तथा जापान र कोरियामा प्रदर्शन हुने जनाइएको छ ।

सुब्रतराज आचार्य निर्देशित चलचित्रमा सलोन बस्नेत, सारा शिर्पाइली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ भने प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् ।

कमेडी जनरामा बनेको चलचित्रका प्रस्तुतकर्ता रमेश त्वायना हुन । चलचित्रमा निर्देशक आचार्यकै कथा, अभिमन्यू निरवीको पटकथा तथा आचार्य र निरवीको सम्वाद लेखन रहेको छ । चलचित्रलाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारले निर्माण गरेका हुन ।