‘रणवीर’बाट आशाबादी सुपुस्पा

पछिल्लो समय नेपाली चलचित्रमा नयाँ अनुहार खोजिने क्रम तिब्र छ भने भित्रिने पनि उत्तिकै छन् । केहिले चलचित्रलाई निरन्तरता दिन्छन त कोहि हराउँछन । यसवर्ष पनि थुप्रै नयाँ अनुहारले चलचित्र नगरीमा आफुलाई प्रवेश गराएका छन् । ति मध्येकी एक हुन्, सुपुस्पा भट्ट । सुपुस्पाले चलचित्र ‘रणवीर’ मार्फत अभिनयमा डेब्यु गरेकी छिन ।
सुपुस्पा अडिसन मार्फत नै रणवीरका लागि छनौट भएकी हुन । चार्टर एकाउन्टकी विधार्थी भएता पनि उनको रहर चलचित्रमा थियो । उनले आफ्नो ईच्छा एकपटक प्रशान्त ताम्राकारसँग सेयर गरेकी थिइन् । प्रशान्त मार्फत नै उनी रणवीरका लागि अडिसन दिन पुगीन । अडिसन मार्फत छनौट भएकी उनले चलचित्रमा काम गर्दै जाँदा धेरै कुरा सिक्न पाएको बताउँछिन । आफ्नो तर्फबाट चलचित्रमा सत प्रतिशत काम गरेको बताउँने सुपुस्पा रणवीरमा गरेको काम प्रति विश्वस्त देखिएकी छिन । टिमको सबै सदस्यको उतिकै सपोर्टका कारण आफुलाई निकै सहज भएको बताउने सुपुस्पा चलचित्रलाई लिएर निकै आशाबादी देखिएकी छिन ।
चलचित्रमा उनका अलवा सुबेक्षा खड्का, सुशील सिटौला, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्टलगायतका कलाकारको अभिनय रहेको छ । प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा गोविन्द सिंह भण्डारीको कथा, पटकथा, संवाद र निर्देशन, महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द र रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्र माघ १८ गतेबाट प्रदर्शन हुँदैछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal