‘फेरि रेशम फिलिली’मा आफ्नो पात्र निकै च्यालेन्जिङ रहेको सुपुष्पाको भनाई
अडिसनबाट छनोट हुँदै ‘रणवीर’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट आफ्नो आगामी रिलिज ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन् ।
सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो चलचित्र उनको होम प्रोडक्सन हो । चलचित्रका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन् । चलचित्र रिलिजका लागि केही दिनहरू मात्र बाँकी छन् । रिलिज मिति नजिकिँदै गर्दा चलचित्रका बारेमा गफिँदा सुपुष्पामा चलचित्र र चलचित्रमा आफूले गरेको कामप्रति ‘फिङ्गर क्रस’ भाव देखिन्थ्यो ।
यद्यपि, कुराकानी बढ्दै जाँदा चलचित्र राम्रो बनेकोमा उनी ढुक्क भएको महसुस गर्न सकिन्थ्यो । चलचित्रमा ‘फिलिली गर्ल’ बन्दै छु भन्ने थाहा पाउँदा उनलाई कस्तो लागेको थियो त ?
सुपुष्पा भन्छिन् - 'सबैभन्दा माथि पुगेजस्तो भयो । एकदमै खुशी लागेको थियो । प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो । राम्रो चलचित्रमा काम गर्न पाएँ भनेर खुशी भएँ ।'
निर्देशक निरोज महर्जनले लेखेको सुपुष्पाको चरित्रका लागि कस्तो देखिने र कुन नेपथ्यको हो भनेर जस्तो प्रकारले लेखेका थिए, त्यसमा सुपुष्पा ठ्याक्कै फिट हुन्थिन् । त्यसैले उनले अरूलाई खोज्ने कष्ट गरेनन् पनि । यो सिक्वेलमा लगभग पहिलो श्रृंखलाका सबै कलाकार छन् । यो चलचित्रको लिडिङ महिला पात्रमा भने उनी नयाँ अनुहार बनेर आएकी छिन् । त्यसैले उनलाई पहिलो चलचित्रको चुनौती सामना गर्ने चुनौती छ ।
यस्तो छ उनको भनाइ :
'त्यो र योमा तुलना नै गर्न मिल्दैन । दुवै पात्र एक-अर्कासँग बिल्कुलै फरक छन् ।' सुपुष्पाका अनुसार उनले निर्वाह गरेको पात्र बोल्ड छ, जो आफूले चाहेको कुरामात्र सोच्छ र आफूलाई ‘मैं हूँ’ ठान्छ ।
'मैले निर्वाह गरेको चरित्रलाई मैले सक्ने मेहनत गरेको छु । त्यो कति फलदायी भयो भन्नेचाहिँ दर्शकबाट बुझ्न बाँकी छ ।' योसँगै फेरि उनलाई पात्रका लागि चाहिनेजति तयारी नपुगेको हो कि भन्ने पनि छ। यसैबीच अर्को चलचित्रलाई पनि समय दिएकाले आफ्नो मेहनत नपुगेको हो कि भन्ने उनलाई लागेको हो ।
मेहनत नपुगेको जस्तो लागेकी उनी भन्छिन् - 'अझ मेहनत गर्न सक्थे जस्तोचाहिँ लागेको छ।' चलचित्र गर्दा सुपुष्पाको एउटै चाहना हुन्छ - चलचित्रको स्क्रिप्ट राम्रो होस्, राम्रो परिदृश्य दिइयोस् ।
संयोगवश 'फेरि रेशम फिलिली' त्यस्तै चलचित्र भइदियो उनका लागि । स्क्रिप्ट त राम्रो छ नै, यो चलचित्रको साथमा उनको भूमिकासमेत उत्तिकै राम्रो मिलेको छ । 'मलाई चलचित्रको कुरा आउँदा स्क्रिप्ट राम्रो होस् भन्ने सधैँ लाग्छ । यो चलचित्रमा चाहिँ स्क्रिप्टसँगै मेरो भूमिका पनि उत्तिकै राम्रो भएको आयो", उनले खुशी व्यक्त गरिन् ।
उनले गरेको पात्र 'च्यालेन्जिङ' भएको उनको भनाइ छ । त्यही च्यालेन्जिङ भएकैले उनलाई दर्शकले यसलाई कुन रूपमा ललान् भन्ने चिन्ता भइरहेको छ । 'चिन्ता पनि छ अनि राम्रो हुन्छ भन्ने पनि छ । एक प्रकारले राम्रो आशा र के होला भन्ने नर्भसनेस भइरहेको छ,' उनले भनिन् ।
आफ्नो चलचित्रलाई तत्कालै कति रेटिङ दिनुहुन्छ भन्ने प्रश्नको उत्तर दिन अस्वीकार गरेकी उनले कुराकानीको अन्तिममा भने चलचित्रप्रति आत्मविश्वास पनि व्यक्त गरिन् र भनिन् - 'जस्तो गरी लेखिएको थियो, त्यसै गरी पर्दामा उत्रिएको छ ।'
चलचित्र फागुन १४ गते शिवरात्रिका दिन रिलिज हुँदैछ । चलचित्रमा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन चलचित्रमा रहेको छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
