Mansara

युकेमा बन्यो सर्ट मुभि ‘शून्य’, ध्रुब दत्तको अभिनय

२०७७ भाद्र १६
युकेमा बन्यो सर्ट मुभि ‘शून्य’, ध्रुब दत्तको अभिनय

अभिनेता ध्रुब दत्तको अभिनय रहेको सर्ट मुभि ‘शून्य’ तयार भएको छ । छिट्टै सार्वजनिक गरिने जनाइएको सर्ट मुभिको प्रोमो सार्वजनिक गरिएको छ ।

कोभिड १९ का कारण नेपालमा रहेको परिवारमा बिपत्ति आउदा पनि युकेमा रहेको छोरा स्वदेश फर्कन नसकेको विषयलाई ‘शून्य’मा प्रस्तुत मुभिमा देखाइएको छ ।

कोभिड १९ को प्रकोपका कारण हाल विश्वका बिभिन्न स्थानमा रहेका नेपालीहरु यस्तै समस्या भोग्न बाध्य छन् ।  निर्माण टिमले युकेमा रहेका युवालाई प्रतिनिधी पात्रका रुपमा प्रस्तुत गरेको छ ।

झण्डै १० मिनेट लामो सर्ट मुभिमा एक मात्र पात्रलाई प्रस्तुत गरिएको छ । हाल युकेमा रहदै आएका नेपालीहरुले यो सर्ट मुभि तयार पारेका हुन् । भिजन संसारको प्रस्तुतीमा डीडी ईन्टरटेन्टमेन्टले सर्ट मुभि बनाएको हो । 

सर्ट मुभिमा गोपी सापकोटाको कथा, शन्त कुमार राईको छायाँकन, सनम कुमार बैरागको लेखन, सम्पादन र निर्देशक र कृष्ण बहादुर लाम्गादेको लगानी रहेको छ ।

Mahajatra