नेपाल आइपुगिन सन्नी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आइपुगेकी छिन् । आज साँझ राजधानीको कुमारी हलमा आयोजना हुन लागेको चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन सन्नि नेपाल आएकी हुन् । बिमानस्थलमा सन्निलाई भादगाउले टोपी लगाएर स्वागत गरिएको छ ।
सन्नी दिउँसो ४ः१० बजे एअर इण्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ल्याण्ड भएकी छन् । बिमानस्थलबाट सन्नि सिधै हायात रिजेन्सी गएकी छिन । हायातमा केही समय रेष्ट गरेर उनी ७ बजे कुमारी हलमा आयोजना हुने रेड कार्पेट प्रिमियरमा सहभागी हुनेछिन ।
सन्निले बिमानस्थलमा सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिइनन् । यद्यपी सन्निले रेडकार्पेटमा पत्रकारहरुसँग साक्षात्कार गर्ने निर्माण पक्षले बताएको छ ।
शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने ‘पासवर्ड’ टिमले बताएको छ ।
चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।
सम्राट बस्नेतको निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको चलचित्रको कथा सिमा गुरुङले लेखेकी छन् ।
अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी रहेका छन् । यस्तै युकेको लागि कार्यकारी निर्माता मोहित छब्रा, अजित के आर थापा सह निर्माता र सनिश खकुरेल लाइन प्रोड्युसर हन् ।
तस्विर : दिनेश सिटौला
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal