बुगी वुगीबाट चर्चामा आएका सृष्टि र रविनको पहिलो म्युजिक भिडियो सार्वजनिक
अन्तराष्ट्रिय डान्सिङ रियालिटी शो बुगी वुगीको नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका कलाकार सृष्टी महर्जन र रविन भुजेलको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोनन सुव्वाको स्वरमा रहेको ‘सुनन् मैंया...’ बोलको गीतको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका हुन । गीतमा बाबु बोगटीको शव्द संगीत रहेको छ ।
सुबेदीकै कन्सेप्ट रहेको भिडियोले काठमाडौंका घरभेटी र सडकको अवस्थालाई समेत व्यङ्ग प्रहार गरेको छ । रमाइलो शैलीमा निर्माण भएको भिडियोमा रविनको र सृष्टि दुबैको डान्सले समेत प्राथमिकता पाएको छ ।

बुगी वुगीमा सार्वधिक रुचाइए पनि उत्कृष्ट ५ बाट बाहिरिएका यि कलाकारहरुले भिडियोमा आफ्नो कलमय जादु छर्न सफल भएका छन् । बुगी वुगी पछिको पहिलो भिडियो भएकोले पनि रविन र सृष्टि दुवै उत्साहित देखिएका छन् ।
निर्देशक सुबेदीले गीतको भाव अनुरुप नै भिडियो तयार गरेको बताएका छन् । गीतको सबै पक्ष अव्वल रहेकोले दर्शकले मन पाराउनेमा गायक रोनन पनि निकै आशाबादी देखिएका छन् ।
भिडियोमा अनिल के. मानन्धरको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र रोहिया महर्जनको कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
