बहिरा कलाकार सुजल बम अभिनित ‘झिमझिम परेली’ सार्वजनिक
दुवै कान नसुन्ने र बोल्न नसक्ने बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली...’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त गीतको भिडियो सार्वजनिक गरिएकोे हो ।
डा. डीआर उपाध्यायले लेखेको गीतमा सन्तोष श्रेष्ठको सङ्गीत र कविता सिवाकोटीको स्वर रहेको छ । वसन्त सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा माइकल चन्दको नृत्य निर्देशन, अर्जुन सापकोटाको छायाँकन, सिलोन लम्सालको सम्पादन रहेको छ भने नारायण आचार्य ‘ह्याप्पी’को पनि अभिनय रहेको छ ।
सङ्गीत नाट्य तथा कला प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’को प्रमुख आतिथ्यतामा पहिलो संविधानसभा सदस्य साथै नेपालका पहिलो बहिरा सभासद राधवीर जोशी, केन्द्रिय बहिरा महासंघ नेपाल उपाध्यक्ष सत्यदेवी वाग्ले, महासचिव सुर्यबहादुर बुढाथोकी, केन्द्रिय बहिरा माध्यमिक विद्यालयका प्राचार्य उपेन्द्र पराजुलीलगायतको आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीत सार्वजनिक समारोहमा बहिरा कलाकारले व्यवसायिक रुपमा अभिनय गरेको गीतको भिडियो विश्वमा नै पहिलो भएको भन्दै ‘एभरेष्ट वल्र्ड रेकर्ड’ कलाकार सुजल बमलाई प्रदान गरिएको थियो । उनलाई एभरेष्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
