‘परालको आगो’को शिर्ष भूमिकामा सुहाना थापा अनुबन्धित
चलचित्र ‘परालको आगो’को शिर्ष भूमिकामा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छिन । शुक्रबार निर्माता कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट सुशिल पोखरेल र अभिनेत्री थापाबीच लिखित सहमति भएको हो ।
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहने चलचित्रको गौंथली पात्रमा सुहानाले अभिनय गर्नेछिन । होम प्रोडक्सनको चलचित्र ‘ए मेरो हजुर ३’बाट अभिनयमा डेब्यु गरेकी सुहानाले पहिलो पटक बाहिरी ब्यानरमा काम गर्न लागेकी हुन् ।
‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । मैनाली कथा पुरस्कार ट्रस्टले केही दिनअघि ‘मर्म नबिग्रने’ सर्तमा चलचित्र निर्माणको अनुमति दिएको थियो । लक्ष्मण सुनारको निर्देशन रहने चलचित्रको प्रदर्शन मिति २०८२ सालको दशैंलाई तय गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
