चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव सम्पन्न
स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२४ को यो चौेश्रो संस्करण हो, यस संस्करणको लागि नेपालका अलवा भारत, दक्षिण अफ्रीका, अस्ट्रिया, फ्रांस, संयुक्त राज्य अमेरिका, श्रीलंका, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, स्वीडन लगायत १७ वटा देशका ९५ भन्दा बढी पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका चलचित्रहरुको सहभागिता रहेको थियो । एरा प्रोडक्सन प्रा.लि. ले व्यवस्थापन गरेको उक्त कार्यक्रमको निर्देशक कमला जोशी हुन् ।
संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चर्चित गायक रुद्र शेखर शर्मा, पत्रकार अशेष अधिकारी, संगीतकार दिपक शर्मा, पत्रकार विष्णु सुवेदी, गीतकार गोविन्द भट्ट, छायाँकार राजन खरेल र कोरियोग्राफर सन्दिप कुमार भुजेल सम्मानित भएका थिए ।
चलचित्र निर्देशक माधव राज खरेल निर्णायक प्रमुख रहेको उक्त फेष्टिवल कार्यक्रममा अन्तराष्टिय निर्णायक सदस्यहरु तर्फ अभिनेता केदार प्रसाद घिमिरे, (नेपाल) चलचित्रकर्मीहरु अमोल भगत (भारत), शहादत रसोल बंगलादेश, म्याग्डोलिना कोभ्पास (बेलायत) र सन्तोष सुवेदी (नेपाल) थिए भने राष्ट्रिय तर्फका निर्णायक सदस्यहरुमा छायाँकार रविन आचार्य, निर्देशक जीवन थापा, गायिका सरिता भारती, प्रध्यापक यादव गिरी, कलाकार÷निर्माता ज्याक श्रेष्ठ, ड्रेस डिजाईनर दिल माया मगर, निर्णायक सदस्यका रुपमा रहेका थिए । निर्णायकहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै भाषाका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्री फिल्म हेरेका थिए ।
कार्यक्रममा राष्ट्रिय क्याटेगोरी तर्फ लक्ष्मण सुबेदीको निर्माण तथा निर्देशन रहेको चलचित सतीदेवीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गर्यो भने निर्देशक लक्ष्मण सुनारले चलचित्र बुलाकी बाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका थिए त्यस्तै चलचित्र सतिदेबीबाट मल्लिका महतले अभिनय विधामा अवार्ड हात पारिन् । त्यस्तै चलचित्र नम्बरी सुन मार्फत संगीतकार सन्तोष श्रेष्ठले सर्वोत्कृष्ट संगीतकारको अवार्ड र सोही चलचित्रबाट जुरी मेन्सन अवार्ड निर्माता नरेश खातीले प्राप्त गरे ।
निर्देशक पुर्णकाजी ज्यापुले नेपाल भाषाको चलचित्र हिसिमती मार्फत सर्वोत्कृष्ट कल्चरल चलचित्रको अवार्ड प्राप्त गरे भने छोटा चलचित्र तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र परिवर्तन मार्फत अभिनेता प्रभण भुसालले प्राप्त गरे । त्यस्तै छोटा चलचित्र तर्फ नै चलचित्र छाँयाबाट सार्वोत्कृष्ट निर्देशक दिनेश कार्की, सिमाबाट सर्वोत्कृष्ट छाँयाकार सुजेश थापा, अन्तरवार्ता सर्वोत्कृष्ट निर्देशक जुरी मेन्सन अवार्ड प्रशन्न माली र होएर एम आईबाट सर्वोत्कृष्ट मेकअप आर्टिष्ट निर्मला चन्दले प्राप्त गरेका गरिन् ।
कार्यक्रममा ईन्टरनेशनल क्याटेगोरी तर्फ सर्वोत्कृष्ट चलचित्र रेड मार्फत रौनक विक्रम (नेपाल) ले प्राप्त गरे भने सर्वोत्कृष्ट जुरी स्पेशल मेन्सन अवार्ड चलचित्र लेट्स हाईड ईट ईन हिएर (साउथ अफ्रिका), सर्वोत्कृष्ट स्पाईरेशन अवार्ड चलचित्र रोमाद (ओमान), सर्वोत्कृष्ट छायाँकार चलचित्र रन फर युआर लाईफ (डेनमार्क), सर्वोत्कृष्ट स्कृष्ट द जब (अमेरिका), सर्वोत्कृष्ट छायाँकार जुरी स्पेशल मेन्सन अवार्ड चलचचित्र ला डेर डेस डेर (फ्रान्स), सर्वोत्कृष्ट इन्फरमेटिभ्स अवार्ड चलचित्र अ टाउन वालेड १९९५( आएरल्याण्ड), सर्वोत्कृष्ट हिस्टोरिकल अवार्ड चलचित्र ड्रिम्स अफ द पास्ट (रसिया), सर्वोत्कृष्ट इन्टरटेनिङ अवार्ड चलचित्र जिगोलो (अष्ट्रिया), सर्वोत्कृष्ट ईमोसनल अवार्ड चलचित्र ईष्टेल (स्पेन) र सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड चलचित्र अक्रोश द हिमालय (स्वीडेन) लाई प्रदान गरिएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
