चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक

सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको ‘जरुरी कुरा छ’ बोलको गीतमा सुरेश लामा र अञ्जु पन्तको युगल स्वर छ भने अर्जुन पोखरेलको संगीत र सुरेश वाग्लेको शब्द छ ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा फिचर छन् । दुबईमा खिचिएको गीतमा उनीहरुको केमेस्ट्री जमेको छ ।
भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा पूजा र सोनमका अलवा आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ ।
एवि इन्टरनेशनलको ब्यानरमा निर्मित चलचित्रमा महेश दवाडीको कथा, अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, शैलेन्द्र मान प्रधानको ब्याकग्राउन्ड म्यूजिक, शौरभ लामाको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रका निर्मातामा अमित बस्नेत, सहनिर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।
Latest Updates
-
‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
-
-
-
-
-
अन्य चलचित्रमा भन्दा ‘माग्ने राजा’मा फरक देखिएको वर्षाको दाबी
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak