सौगात र बेनिशाको ‘सिटामोल’ साउन २३ मा
चलचित्र ‘सिटामोल’को प्रदर्शन मिति तय गरिएको छ । नयाँ वर्ष २०८२ को अवसरमा पोस्टर सार्वजनिक गर्दै साउन २३ गते चलचित्र प्रदर्शन हुने जनाइएको छ ।
राज बहादुर सानेको निर्देशन रहेको चलचित्रको पोस्टरमा कलाकारद्वय सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरमा सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्, भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन् ।
माओवादी जनयुद्धको कथामा आधारित चलचित्रमा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको चलचित्रमा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखन रहेको छ । चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माताको रुपमा रहेका छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको द्धन्द्व निर्देशन र दिव्य सुवेदीको छायाँकन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
