‘सिन्दुरे जात्रा’ लिएर आउँदै ब्लकबस्टर निर्देशक पौडेल
ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । पौडेलको निर्देशनमा ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरिएको हो ।
निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा टाइटल एनिमेशन छ । सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन ।
चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।
सारंगी फिल्म्सको प्रस्तुति रहेको चलचित्रको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए ।
आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
