सकियो ‘सिल्ली फो’को डविङ
केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘सिल्ली फो’को डविङ सकिएको छ । असार ३१ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको यतिबेला धमाधम प्राबिधिक काम भइरहेको हो । कही दिन अघि चलचित्रको एक पोष्टर समेत सार्वजनिक गरिएको थियो ।
चलचित्रमा केकीका अलवा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्मालगायतका कलाकाकरको अभिनय रहेको छ ।
मनोज डिके निर्माता रहेको चलचित्रका सह निर्माता विशाल श्रेष्ठ छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार र नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
