‘च च हुई’को ‘सिल्की सिल्की’ सार्वजनिक

चलचित्र ‘च च हुई’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘सिल्की सिल्की’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत, अमृत घोले लामा, राजनराज र श्याम लामिछानेको शब्द र राजन र मेलिना राईको स्वर रहेको छ । कलाकार आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटालाई फिचर्ड गरिएको गीतमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
मंसीर ६ गते रिलिज हुने चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । एजिएल इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा अमृत घले लामाको लगानी रहेको छ । चलचित्रमा आर्यन, मिरुना र भोलाका अलवा माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारको अभिनय छ । चलचित्रमा सुशन प्रजापतिको छायाँकन र साम्तेनकै सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Ashwin 31)
-
Jerry On Top
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Aanchal Sharma, Kedar Ghimire, Usha Khadgi
Next Releases (Kartik 6)
-
Baristha Balaram
Director : Surendra Poudel
Casts : Dayahang Rai, Bijay Baral, Samriddhi Aryal, Maotse Gurung, Pashupati Rai