चलचित्र ‘शुभलभ’को गीत सार्वजनिक

चलचित्र ‘शुभलभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ बोलको गीतमा युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेललाई फिचर्ड गरिएको छ । गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने निशान भट्टराईको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको सम्पुर्ण छायाँकन पोखरामा गरिएको हो ।
‘शुभलभ’बाट युवा ज्योतिषी हरिहर अधिकारी चलचित्रमा डेब्यु गर्दैछन् । युवा उमेरमा नै ज्योतिष विधामा आफूलाई स्थापित गरिसकेका हरिहरले ‘शुभलभ’मा पनि एक प्रख्यात युवा ज्यातिषकै भूमिका निर्वाह गरेका छन् । अर्थात् उनको आफ्नै जीवनसँग जोडिएका केही हिस्सा चलचित्रको कथासँग जोडिएका छन् । हरिहर र कृष्टिनका अलवा चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् भने धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व र बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र चैत्र १५ गतेबाट प्रदर्शन हुने जनाइएको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal