चलचित्र ‘श्री बुकुरो’को स्केच पोस्टर सार्वजनिक
चलचित्र ‘श्री बुकुरोः द होम कलिङ’को स्केच पोस्टर सार्वजनिक गरिएको छ । हास्य रसले भरिएको पारिवारिक ड्रामा चलचित्रलाई निर्देशक सुदीप भूपाल सिंहले लेखन तथा निर्देशन गरेका हुन् भने रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।
चलचित्रमा लक्ष्मी गिरी, आशीर्वाद छेत्री, निकिता आचार्य, प्रतीक राज न्यौपाने, रोशनी कार्की, राजन ईशान, दीपिका थापा, लय सङ्ग्रौला, राम बाबु रेग्मी, मोहन निरौला, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, अशिका शाही, दीपक कार्की, रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सञ्जय लामा र राजेश श्रेष्ठको छायाङ्कनमा निर्माण भएको यो चलचित्रको छायाङ्कन ५७ दिनसम्म चलेको थियो । चलचित्र मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायाङ्कन गरिएको हो ।
चलचित्रमा रञ्जित गजमेर र वसन्त सापकोटाले सङ्गीत दिएका छन् । हाल चलचित्र पोस्टप्रोडक्सन चरणमा रहेको र चाँडै नै प्रदर्शन मिति सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
