Mansara

कलाकार जयनन्द लामाप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

२०७८ फागुन ११
कलाकार जयनन्द लामाप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

गायक तथा कलाकार जयनन्द लामाको निधन प्रति राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गरेकी छन् । लामाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लेखेकी छिन – प्रसिद्ध लोक गीत सङ्कलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।

यस्तै प्रधानमन्त्री देउवाले पनि ट्विट गर्दै लामाको निधनप्रति दुख व्यक्त गरेका हुन् । मुलुकले गीसंगीत, चलचित्र एवं हास्य क्षेत्रका  एक असल साधक गुमाएको छ भन्दै प्रधानमन्त्री देउवा लेख्छन् – कलाकार एवं  लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं  हास्य क्षेत्रका  एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो  समवेदना प्रकट गर्दछु ।

६६ वर्षीय लामाको बुधबार बिहान निधन भएको हो । यतिबेला उनको शवलाई पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल लगिएको छ ।

 

प्रसिद्ध लोक गीत सङ्कलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । दु:खको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।

— Bidya Devi Bhandari (@PresidentofNP) February 23, 2022

 

कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। pic.twitter.com/39I88lhuSo

— Sher Bahadur Deuba (@SherBDeuba) February 23, 2022
Mahajatra