Mansara

लघु चलचित्र ‘रगत’ सार्वजनिक

२०७७ असोज १
लघु चलचित्र ‘रगत’ सार्वजनिक

लघु चलचित्र ‘रगत’ सार्वजनिक भएको छ । सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको लघु चलचित्र डिभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न नेपाली सेनामा भर्ती हुन पुगेको एक युवाको कथामा आधारित छ ।

उक्त लघु चलचित्र नेपाली सेनाले गरेको लघु चलचित्र प्रतियोगिता २०७६ मा दोस्रो भएको थियो । २० मिनेट लामो लघु चलचित्रमा नेपाली सेनाको महत्व र देशभक्ति देखाइएको छ ।

चलचित्रमा रबि कार्की, मुना नेपाल, संगिता बस्याल, डिबी घिमिरे, शिवराज बस्नेत, अन्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा संकल भुजेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन र रंग संयोजन रहेको भने विक्रम कार्कीले पाश्र्व संगीत भरेका छन् ।