Mahajatra

नायिका सोविता सिम्खडाले खोलिन विवाहोत्तर सम्बन्धको कुरा !

असोजमा आउने भयो बराङगना

२०७५ भाद्र २४
नायिका सोविता सिम्खडाले खोलिन विवाहोत्तर सम्बन्धको कुरा !

उसले मेरा ओठमा चुम्न खोजिरहेको थियो तर मैले उसलाई रोकें । झमक्क साँझ परिसकेको थियो । छुट्टिने बेलामा प्रकाशले मेरो हातमा चुम्दै भन्यो – ‘भोली फेरी भेटौं है ।’

घर पुग्दा रात परिसकेको थियो । आमाले मलाई देख्दा साथ गाली गर्न शुरु गरिन – ‘कहाँ गकिथिस यति बेला सम्म ? विवाह गरेकी छोरी यति राति सम्म बाहिर हिड्नु राम्रो होइन । मान्छेले देखे भने के भन्छन् ।’

आमाको कुरा सुनेर म झसंग भए । मेरो विवाह पो भइसकेको छ त । मैले त बिर्सिएछु । प्रकाशले ‘तिम्रो विवाह भएको छैन’ भन्दै थियो । म अलमलमा परे । मन मेरो हो कि शरिर मेरो ? कि दुबै मेरै हुन ? आमा भन्छिन् ‘तेरो शरिर किरणको हो ।’ प्रकाश भन्छ् ‘तिम्रो मन मेरो हो ।’ आखिर म कसकी हुँ ? मेरो मन कसको हो अनि मेरो को हो ? आफुले आफैलाई प्रश्न गरिरहे तर मैले कुनै उत्तर पाइन ।

मैले प्रकाशले हातमा समाएको, अंगालो मारेको, काखमा राखेको र चुमेको दृष्य आँखा चिम्लेर हेरेरहें । सम्झदा नै मलाई बेग्लै आनन्द आयो । जुन आनन्द किरणसँगै एकै खाटमा सुत्दा आएको थिएन । मलाई एक प्रकारको काउकुती लागिरह्यो ।

यो अंश हो उपन्यास बराङगनाको । प्रस्तुत अंशका आधारमा एक युवतीको विवाहोत्तर सम्बन्धको बारेमा उपन्यास केन्द्रित भएको बुझ्न सकिन्छ । पछिल्लो समय चलचित्रमा देखिन छोडेकी अभिनेत्री सोविता सिम्खडाले उक्त उपन्यास लेखेकी हुन ।

साहित्यमा रुचि राख्ने नायिका सिम्खडाले लेखेको उपन्यास असोज ५ गते सार्वजनिक हुने भएको छ । केही दिन अघि उपन्यासको कभर सार्वजनिक गरेकी यि नायिकाले प्रोमो समेत सर्वजनिक गरेकी छिन । प्रोमोमा सिम्खडा आफै फिचर भएकी छिन् भने उपन्यास बाचनमा चर्चित अच्यूत घिमिरेको आवाजले प्रोमोलाई थप जिवन्त बनाएको छ ।

बुलबुल पब्लिकेशनले बजारमा ल्याउने उपन्यासको कभर र प्रोमोबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको सिम्खडाको भनाई छ ।

सन् २००० को चलचित्र दागबाट यस क्षेत्रमा प्रवेश गरेकी सिम्खडा सन् २००९ को चलचित्र शन्देश मार्फत नायिकाको रुपमा उदाएकी थिइन । यो बिचमा झण्डै एकदर्जन चलचित्रमा काम गरेकी उनी सन् २०१२ पछि चलचित्रमा देखिएकी छैनन् ।