‘शिवांशः च्याप्टर–१’को छायांकन सुरु
चलचित्र ‘शिवांशः च्याप्टर–१’को छायांकन सुरु भएको छ । पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी चलचित्रको छायांकन सुरु गरिएको हो ।
सन्तोष कुमार आत्रेयको निर्देशन रहने चलचित्रको छायाँकन पोखराका विभिन्न स्थानमा गरिने छ । छायाँकनका लागि करिब एक महिनाको सेड्युल तयार भएको निर्माता अञ्जान केसीले जानकारी गराए ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।
चलचित्रमा निर्माता केसीको कथा, बारत लिम्बूको पटकथा, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत, विप्लव प्रतीक र संगीतकार शिवाकोटीको गीत, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी र सरद महतोको डीओपी रहने छ ।
शम्भू थापा कार्यकारी निर्माता रहने चलचित्रका सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
