Mahajatra

दिपकराजको भोगाईसँग कति मिल्छ ‘सेल्फी किङ’

२०७६ माघ २०
दिपकराजको भोगाईसँग कति मिल्छ ‘सेल्फी किङ’

हाँस्य कलाकारको ३ दिनको भोगाई समावेश गरिएको चलचित्र ‘सेल्फी किङ’ प्रदर्शनको संघारमा छ । निर्माण युनिट चलचित्रको प्रचारमा व्यस्त रहेसँगै अन्य हाँस्य कलाकारका किस्साहरु पनि बाहिरिएका छन् ।

चलचित्रको प्रमोशनका क्रममा निर्माण टिमले रियल भर्सेस् रिल कमेडियनका बिच सम्बाद गराएको छ । जहाँ रियल कमेडियनका तर्फबाट दिपकराज गिरी र रिलका कमेडियनका तर्फबाट बिपिन कार्कीले आफ्ना अनुभव र अनुभुतिहरु साटेका छन् ।

चलचित्रको ट्रेलरमा समावेश गरिएका कतिपय दृष्यहरु आफुले रियल लाइफमै भोगेकाने दिपकराज गिरीको भनाई छ । ट्रेलरमा समावेश गरिएको सार्वजनिक यातायातमा यात्रा गर्दा अरुले नचिनोस् भनेर मुख छोप्ने घट्ना होस् वा मुत्र त्याग गर्दा अन्यले चिहाएर अनुहारमा हेरेको घट्ना नै किन नहोस् दिपकले रियलमै भोगेको बताए । टेलिभिजनको चर्चित हाँस्य कलाकारको जीवन भोगाइको विषय उठान गरेर तयार पारिएको चलचित्र हरेक हाँस्य कलाकारको विगत र वर्तमानसँग कहि कतै मिल्न जाने उनीहरुको भनाइृ छ ।

दुई जनाबीचको भलाकुसारीका क्रममा चलचित्रमा समावेश सार्वजनिक यातायातमा यात्रा गर्दा विपिनले कालो माक्स प्रसंग कोट्याउँदै दिपकले आफ्नो बिगत सम्झेका छन् ।  दीपकराजले करियरको सुरुआती अवस्था र आर्थिक अभावका बीच सार्वजनिक यातायात चढ्नुपर्ने बाध्यता र यात्रुले गर्ने व्यवहारका बारेमा उल्लेख गर्दै भने - 'टेलिसिरियल ‘ट्वाक्क टुक्क’बाट दर्शकले चिन्न थालेका थिए । करियरको सुरुआती अवस्था अनि सङ्घर्ष गर्दैगर्दा अनुहार हिट हुँदै गयो तर, खल्ती कति हिट थियो कसलाई थाहा ? मेरो घर थानकोट दहचोक । घर पुग्न ट्याम्पो चढेर थानकोट गर्जुधारनमा ओर्लनुपर्ने,’ ऊ बेलाको बाध्यता सम्झदै थप्छन्,‘काम गर्नका लागि नेपाल टेलिभिजन मात्र थियो । खाए खा नखाए पनि खा भन्ने अवस्था । बजारमा महानगर पत्रिका आउँथ्यो । एक रुपैयाँमा किन्न पाइन्थ्यो । एक रुपैयाँको महानगर किनेर ट्याम्पोमा आँखै अगाडी पुर्याएर अनुहार लुकाएर हिड्नुपथ्र्यो । दाहोर्याइ तेहेर्याइ पढ्दा बल्ल पुगिन्थ्यो,’ उनी हास्दै थप्छन्, ‘त्यति गर्दा पनि कतिपयले प्रश्न गर्थे मोटरसाइकल किन नचढेकोर ? तर मेरो तलब उसलाई के थाहा ? दीपकराजले आफ्नो करियरको वास्तविक पाटो कोट्याइ रहँदा विपिन थप्छन्, ‘हाम्रो फिल्म भित्रको एउटा पाटो पनि यही हो है ।’

यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । दिपक र विपिनको समबादका क्रममा यस्ता थुप्रै किस्साहरु खुलेका छन् । जसबाट चलचित्र ‘सेल्फी किङ’ हरेक हाँसय कलाकारको भोगाईसँग नजिक रहेको अपेक्षा गरिएको छ ।